ज्योतीको आक्रोश : नाबालिकालाई गीत गाएर खान देउ’

६ वैशाख २०७९ ६:३६

गायिका ज्योती मगरले एकादेशको कथा भन्दै पल शाह र नाबालिका प्रकरणमा कडा आक्रोश पोखेकी छिन् । उनले, गायिकालाई गीत गाएर खान दिन पनि आग्रह गरेकी छिन् । उनले, एकादेशको कथा भन्दै एक नायक र एक नाबालिका गायिकाको कथा उल्लेख गरेकी छिन् । नायक र गायिका प्रेममा परेको तर केही साथीहरुले उचालेपछि गायिकाको मनस्थिती बदलिएको उनको तर्क छ ।

उनले, एक जना महिला अधिकारकर्मीका कारण गायिका अदालतसम्म पुगेको तर अहिले आएर कुरा वुझेको पनि लेखेकी छिन् । ज्योतीले लेखेकी छिन्–‘अब, कुरा सुन्दै छु ती गायिकाले उक्साहटमा आएर मुद्दा देको भनेर सत्य बोलिन् रे । यहाँ नीर मान्छेहरु होस्टाइल भन्दै फेरि उफ्रदै छन् । ए बाब निर्मला पन्तको बलात्कारी खोज के यार । बिचरा ती गायिकालाई सत्य बोल्द देउ । सरस्वतीको बरदान छ, गीत गाएर खान देउ । उनको दिमागसँग नखेल, उज्ज्वल भविष्यलाई नविगार हो ।’

नायक पल शाहले आफूलाई बलात्कार गरेको भन्दै एक नाबालिका गायिकाले जिल्ला प्रहरी कार्यलय, तनुहँमा उजुरी दिएपछि पल डेढ महिनादेखि प्रहरी हिरासतमा छन् । तर, केही दिन अगाडि मात्र अदालतसमक्ष बकपत्र दिने क्रममा गायिकाले आफूलाई पलले बलात्कार नगरेको उल्लेख गरेकी छिन् । योसँगै यो मुद्दाले नयाँ मोड लिएको छ । ज्योतीले एकादेशको कथा भन्दै यही प्रकरणमा कटाक्ष गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *