हलमा देखाइएको प्रदीपको ‘प्रकाश’को टिजर कस्तो छ ?

६ वैशाख २०७९ ३:४०

भदौको १० गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रकाश’को टिजर युट्युबमा सार्वजनिक गरिएको छैन । तर, यो चलचित्रको टिजर ‘केजीएफ २ र ए मेरो हजुर ४’ हेर्न हलमा पुगेका दर्शकले पनि हेर्न पाउँछन् । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको टिजरमा नायक प्रदीप खड्का उनका अघिल्ला चलचित्र भन्दा विल्कुलै फरक छन् ।

चलचित्रमा प्रदीपको चकलेटी अनुहार हराएको छ । जुम्लाको एक शिक्षकको भूमिकामा देखिएका उनी सरकारी स्कुलमा जागिर खान चाहन्छन् । हलमा यो चलचित्रको टिजर वज्दा सुरुवातमा त दर्शकलाई नायक प्रदीप खड्का नै हुन् भनेर पहिचान गर्न गाह्रो पर्छ ।

चलचित्रको टिजरको सुरुवातमा दीया मास्केलाई देखाइएको छ । प्रदीपको संघर्ष, दुःख र हैरानी टिजरमा देखाइएको छ । चलचित्रमा प्रदीपले पश्चिमेली भाषा बोलेका छन् । यसैले, उनको संवाद पनि दर्शकलाई वुझ्न केही समय लाग्छ ।

समग्रमा टिजरमा प्रदीप खड्का विल्कुलै फरक अवतारमा देखिएका छन् । उनको यो अवतारले दर्शकलाई आकर्षित गर्यो भने उनको करिअरका लागि नै कोशेढुंगा बन्ने निश्चित छ ।

चकलेटी अवतारमा हेरिरहेका प्रदीपलाई दर्शकले यो भूमिकामा स्विकार गर्लान् या नगर्लान्, यो चलचित्र रिलिज भएपछि नै थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *