चार सिल्ली यूवासँग केकीको कमेडी

६ वैशाख २०७९ ३:१६

नायिका केकी अधिकारीले चार सिल्ली यूवाहरुसँग रोमान्स गरेको कमेडी चलचित्र ‘सिल्ली फो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । यो फिल्म असार ३१ गतेबाट रिलिज हुने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा केकी र चार सिल्ली यूवा छन् ।

चलचित्रमा केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाँई, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता श्रेष्ठ लगायतको अभिनय छ । मनोज डीके निर्माता रहेको यो चलचित्रका सह निर्माता विशाल श्रेष्ठ हुने ।

चलचित्रमा दिव्य सुवेदी, विरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको एक्सन, शिव वीकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापाको सम्पादन छ । यो फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने भएको छ ।

कोरोना महामारीको तेश्रो लहर सकिएसँगै नेपाली चलचित्रका निर्माताले धमाधम प्रदर्शन मिति तोकिरहेका छन् । दशैंसम्म चलचित्रको रिलिजको सेड्यूल व्यस्त देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *