‘संझना–विर्सना’को ट्रेलर: जब पूजाले आकाशको छातीमा गोली तेर्साइन्…

५ वैशाख २०७९ १५:४८

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘संझना विर्सना’ जेठको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिजको एक महिना अगाडि ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा आकाश र पूजा विचको प्रेम, छुल्ठिम गुरुङको प्रवेश, सस्पेन्सलाई स्थान दिइएको छ । निमेष प्रधानको निर्देशनमा तयार भएको चलचित्रलाई अद्धितिय प्रधान र रेविका प्रधानले लगानी गरेका हुन् ।

चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्रको छायांकन दार्जिलिङ, सिलगुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा गरिएको छ । चलचित्रमा कथा र पटकथा निर्देशक निमेष कै छ भने सम्वादमा उनलाई शिशिर राणाले साथग दिएका छन् । सघाएका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’मा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । यो चलचित्रको गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

आकाश र पूजाको जोडीलाई दर्शकले पनि निक्कै मन पराएका छन् । यसैले, यो चलचित्र हेर्नका लागि दर्शक पनि उत्साहित देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *