‘माग्ने बुढा’को निर्देशनमा ‘कमेडी हब’ प्रशारण हुँदै

५ वैशाख २०७९ १५:३७

नेपाल टेलिभिजनमा नयाँ हाँस्य कमेडी शो प्रशारण हुने भएको छ । भिन्न शैलीमा तयार भएको शोको नाम ‘कमेडी हब’ राखिएको छ । यो शोको निर्देशन केदार घिमिरे ‘माग्ने बुढा’ले गरेका छन् । यो शोका लागि केदार लामो समयदेखि वर्कशपमा पनि थिए ।

सार्वजनिक भएको पोष्टरमा माग्ने बुढाको साथमा हिमेश पन्त, राजा राजेन्द्र लगायतलाई देख्न सकिन्छ ।

हरेक कुरामा कमेडी भन्दै दर्शकले यसमा नै रमाउन सक्ने भनिएको छ । चलचित्र ‘छक्का पन्जा ४’को तयारीमा दीपकराज गिरी र दीपाश्री निरौला लागिरहेको समयमा केदारले भने नयाँ कमेडी शो सार्वजनिक गर्न लागेका हुन् । मिडिया हबले यो शोलाई निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *