पल प्रकरणमा नयाँ ट्विष्टसँगै फेरि फिल्म देखाउन दर्शकको माग

५ वैशाख २०७९ ७:१६

हिरासतमा रहेको डेढ महिनापछि नायक पल शाहको मुद्दामा नयाँ ट्विष्ट आएको छ । पलले आफूलाई बारम्बार करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएकी नाबालिक गायिकाले बयान फेरेसँगै यो प्रकरण नयाँ दिशामा मोडिएको हो ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’ हलमा रिलिज हुँदा पल प्रहरी हिरासतमा थिए । प्रहरी हिरासतमा रहेको समयमा पलले दर्शकसँग बसेर फिल्म हेर्ने चाहना राखेका थिए । तर, पलको त्यो इच्छा पुरा हुन सक्ने कुरा थिएन । तर, अदालतमा बकपत्र दिने क्रममा नाबालिक गायिकाले बयान फेरेसँगै अब पलको मुद्दा कमजोर बनेको टिप्पणी समेत हुन थालेको छ ।

यो खबर सार्वजनिक भएसँगै पल शाहका फ्यानले ‘म यस्तो गीत गाउँछु २’ फेरि रिलिज गर्न आग्रह गरेका छन् । नायिका पूजा शर्माले इन्स्टाग्राम स्टोरीमा शेयर गरेका फोटो तथा भिडियोमा पनि दर्शकले फिल्म फेरि रिलिज गर्न आग्रह गरिहेका छन् । फिल्मको निर्माणपक्षले पनि पलको बारेमा नयाँ खबर सार्वजनिक भएसँगै दर्शकले फिल्म फेरि रिलिज गर्न आग्रह गर्दै सन्देश पठाउन थालेको बताएको छ ।

सुदर्शन थापा निर्देशित यो फिल्म गतबर्ष रिलिज भएको थियो । फिल्मले बम्पर कमाई गर्दै दर्शकको मन जित्दा फिल्मका नायक पल शाह भने प्रहरीको हिरासतमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *