फिल्म चलेपछि फेरि रिजर्भ बस्न थाले अनमोल

५ वैशाख २०७९ ४:२३

नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले ३ दिनमा बम्पर कमाई गर्यो । ठूलो विदेशी चलचित्र आउँदा पनि अनमोलले हार मानेनन् । उनको स्टारडमको दममा चलचित्रले ३ दिनमा बम्पर कलेक्शन गर्यो ।

चलचित्र रिलिज भएको ३ दिनसम्म हल–हलमा दौडिएका अनमोल फेरि रिजर्भ बस्न थालेका छन् । अनमोलले अब आफू नयाँ चलचित्रको तयारीमा लागेको बताए । उनका अनुसार, नयाँ चलचित्रको तयारीका लागि उनीसँग केही हप्ता मात्र समय छ ।

चलचित्र ३ दिन चलेको र अब दर्शकको वर्ड अफ माउथले अगाडि बढ्ने अनमोलको भनाई छ । यसैले, अनमोल अब नयाँ चलचित्रको लागि समय निकालिरहेका छन् । दिवाकर भट्टराइको निर्देशनमा तयार हुने चलचित्र ‘हनी बनी’मा अनमोलले काम गर्दैछन् । यो चलचित्रको छायांकन वैशाखको अन्तिमबाट बेलायतमा सुरु गर्ने दिवाकरको योजना छ ।

यो चलचित्रमा अनमोल सारा सिर्पालीसँग रोमान्स गर्दैछन् । अनमोल र साराले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । आफ्नो चलचित्र रिलिजको समयमा दर्शकमाझ आउने र त्यसपछि हराउने अनमोलको बानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *