राष्ट्रिय चलचित्र पुरस्कारमा दीपकराज उत्कृष्ट नायक, सुरक्षा पन्तलाई उत्कृष्ट नायिकाको अवार्ड

४ वैशाख २०७९ १५:२९

राष्ट्रपति भवन शित्तल निवासमा आज ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको छ । वि.सं २०७६ सालमा रिलिज भएका चलचित्रहरुको आधारमा पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्रकर्मी र चलचित्रलाई पुरस्कार तथा सम्मान प्रदान गरिन् ।

चलचित्र ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । यही चलचित्रबाट दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशकको रुपमा पुरस्कृत भए । नायिका सुरक्षा पन्तले यही चलचित्रबाट उत्कृष्ट नायिकाको अवार्ड थापिन् ।

यस्तै, उत्कृष्ट कथा लेखनको अवार्ड ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईले प्राप्त गरे । उत्कृष्ट सम्पादन ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले जित्दा उत्कृष्ट छायांकारको पुरस्कार हरि हुमागाँईले ‘छ माया छपक्कै’बाट प्राप्त गरे ।

यस्तै, उत्कृष्ट नव–प्रतिभा सम्मान चलचित्र ‘रातो टिका निधारमा’बाट अंकित शर्मा र ‘जीवन काँडा कि फूल’बाट आस्था थापाले प्राप्त गरे । बोर्डले वि.सं २०७६ र २०७७ सालको ‘दिर्घ साधना सम्मान’बाट नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द र संगीतकार शम्भुजित बास्कोटालाई प्रदान गरेको छ ।

समारोहमा २ दर्जन चलचित्रकर्मीलाई सम्मान पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *