पल प्रकरणमा नयाँ मोडसँगै पूजाले दिइन् भगवानलाई धन्यवाद

४ वैशाख २०७९ १२:१५

एक नाबालिका गायिकाले आफूलाई बलात्कार गरेको भन्दै नायक पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएसँगै नायक पल शाह विगत केही हप्तादेखि थुनामा छन् ।

पललाई नाबालिका गायिकाले जिल्ला प्रहरी कार्यलय, नवलपुरमा पनि उजुरी दिएकी थिइन् । पुर्पक्षका लागि तनहुँको थुनामा रहेका पल शाहको बकपत्र आजबाट सुरु भएको हो । बकपत्रका क्रममा नाबालिका गायिकाले आफूलाई पलले बलात्कार नगरेको बताएकी छिन् । साथै, उनले आफूलाई जर्बजस्ती बयान दिन लगाइएको पनि अदालतसमक्ष उल्लेख गरेकी छिन् । उनले, प्रहरीले अदालतमा बुझाएको बयान आफ्नो नभएको पनि अदालतसमक्ष बयान दिएकी छिन् ।

यस्तै, उनका पिताले पनि बयान फेरेका छन् । उनका पिताले बयानका क्रममा आफूले अरुको प्रभाव र दबाबमा परेर पल विरुद्ध उजुरी दिएको बकपत्र गरेका छन् ।

पलको प्रकरणमा नयाँ घटना आएसँगै उनकी नजिककी साथी पूजा शर्माले ‘भगवान्लाई धन्यवाद’ दिएकी छिन् । पूजा र पलले चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा काम गरेका थिए । पूजाले पल निर्दोष रहेको भन्दै मिडियामा बोलेपछि उनी विवादमा आएकी थिइन् । तर, घटनामा नयाँ मोड आएसँगै पूजाले भगवान्लाई धन्यवाद दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *