पल प्रकरणमा नाबालिका गायिकाले बयान फेरिन्, बलात्कार नभएको बयान

४ वैशाख २०७९ ११:३७

नायक पल शाहले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला अदालत तनहुँ र पूर्वी नवलपुरमा उजुरी दर्ता गराएकी नाबालिका गायिकाले बयान फेरेकी छिन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुबैको आदेशले पुर्पक्षका लागि थुनामा गएकी नाबालिगले बयान फेरेकी हुन् ।

अदालतले थुनछेक आदेशपछि बकपत्र गराएको थियो । त्यसक्रममा पीडित नाबालिकाले बयान फेरेकी हुन् । उनले, आफूलाई पलबाट बलात्कार नभएको बयान दिएकी छिन् । साथै, कसैको प्रभाव र दबाबमा आफूले आरोप लगाएको समेत अदालतसँग बयानका क्रममा भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *