५ लाख नगदसहित मोरङका नुतनको पोल्टामा ‘मिस्टर नेपाल वर्ल्ड’को उपाधि

४ वैशाख २०७९ ९:३४

मोरङका नुतन श्रेष्ठले यो बर्षको ‘मिस्टर नेपाल वर्ल्ड’को उपाधि हात पारेका छन् । शनिबार आयोजना भएको फाइनलमा २६ बर्षका नुतनले अन्य २५ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारे । उनले, ५ लाख नगद पुरस्कारसहित ‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व पनि गर्नेछन् ।

प्रतियोगितामा झापाका २३ वर्षिया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौंका २९ वर्षिय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षिय समिप शाही थर्ड रनर्स अप तथा मोरङका २७ वर्षिय विशाल कट्वाल फोर्थ रनर्स अप छानिए । उनीहरुले क्रमशः रु ५०, ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

हायात रिजेन्सी होटलमा भब्य समारोहकाबीच आयोजित प्रतियोगीतामा पूर्व मिष्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, नायिका ऋचा शर्मा, संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राज भाई सुवाल निर्णायकको रुपमा रहेका थिए ।

‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *