अन्ततः छायांकनमा गयो ‘२ नम्बरी’

४ वैशाख २०७९ ९:२७

२ बर्ष अगाडि छायांकन सुरु गरेर पनि रोक्नु परेपछि चलचित्र ‘२ नम्बरी’का प्रस्तुतकर्ता किरण नेपाली तनावमा थिए । तर, २ बर्षपछि टिम हेरफेर गरेर फेरि नयाँ कथावस्तुमा चलचित्रको छायांकन सुरु गर्न पाउँदा उनी खुशी छन् ।
यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । चलचित्रको छायांकन कास्कीको ल्वाङ गाउँबाट सुरु गरिएको हो ।

चलचित्रका छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । चलचित्र भित्र दर्शकले दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनलाई देख्न सक्नेछन् । चलचित्रको सुरुवाती छायांकनमा दया र उगेनले काम गरेका छन् । सौगात र उपासनाले केही दिनमा छायांकन सुरु गर्ने किरणको तर्क छ ।

एक महिनासम्म खिचिने चलचित्रलाई कार्तिकको ४ गते तिहारको अवसर पारेर रिलिज गरिने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *