‘प्रेमगञ्ज’को टिजरमा बेनिशा, तेज र सम्पदा

४ वैशाख २०७९ ७:५०

चलचित्र ‘प्रेमगञ्ज’को टिजर सार्वजनिक भएको छ । संजय लामाको छायांकन रहेको चलचित्रको टिजरमा कलाकारको चरित्रलाई प्रस्तुत गरिएको छ । कविताका माध्यमबाट प्रस्तुत गरिएको टिजर आकर्षक छ । परिच्छेद सेनको निर्देशनमा तयार भएको यो चलचित्रले २ पुस्ताको प्रेमकथालाई प्रस्तुत गरेको छ । टिजरमा सुरक्षा पन्त, बेनिशा हमाल र तेज गिरीलाई स्थान दिइएको छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रलाई परिच्छेदले नै लेखेका हुन् ।

यो चलचित्रको टिजर जुनसुकै सामाजिक संजालमा शेयर गर्दा पनि कपी राइट्स नलाग्ने बताइएको छ । यो चलचित्रमा बेनिशा हमाल, सम्पदा बाँनिया, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, संजोग रसाइली, गीता अधिकारीको मुख्य भूमिका छ ।

राजु फुयाँलको प्रस्तुतिमा तयार भएको चलचित्रलाई चलचित्र चौतारीको ब्यानरमा निर्माण गरिएको हो । डेढ करोड लगानीमा यो चलचित्र बनेको बताइएको छ । चलचित्र भदौ ३ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *