बलिउड नायक साहरुख खानले ३ वटा चलचित्रको छायांकन गरिरहेका छन् । चलचित्र ‘पठान’को छायांकन सकेका साहरुखले साउथका सफल निर्देशक एट्लीको नयाँ चलचित्रमा पनि काम गरिरहेका छन् । उनै, साहरुखले शुक्रबारबाट बलिउडका सर्वाधिक सफल निर्देशक राजकुमार हिरानीको नयाँ चलचित्रको छायांकन पनि सुरु गरेका छन् । साहरुखको लाइनअप गज्जबको देखिएको छ ।
उनै, साहरुख शनिबार बलिउड नायक रणवीर कपुर र नायिका आलिया भट्टको बिहे पार्टीमा पुगे । तर, बिहे पार्टीमा पुग्दा साहरुखको कारको भित्री भागलाई कपडाले छोपिएको थियो । फोटोग्राफरको क्यामेरामा तस्वीर कैद नहोस् भनेर साहरुखले आफ्नो अनुहार छोप्न यो तरिका अपनाएका थिए ।
मिडियामा खुलेरै प्रस्तुत हुने साहरुखले आखिर यस्तो किन गरे, सामाजिक संजालमा बहस भैरहेको छ । तर, साहरुखले अनुहार नै छोपेर सबै चर्चा आफूतिर तानिदिएका छन् । रणवीर र आलियाले अप्रिल १४ मा बिहे गरेका थिए ।