‘ए मेरो हजुर ४’पछि साराको साथमा अनमोल, धिरज पर्खदै सुहाना

३ वैशाख २०७९ १५:१६

बक्स अफिसमा ३ दिनमा बम्पर ओपनिङ गरेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले नायक अनमोल केसी र नायिका सुहाना थापाको स्टारडम फेरि एकपटक पुष्टी गरिदिएको छ ।

साउथको हिन्दी डब चलचित्रसँग जुध्दा पनि बक्स अफिसमा दर्शकको उच्च साथ पाएको नेपाली चलचित्रको इनिसियल व्यापारमा कलाकारको स्टारडमले पनि महत्वपूर्ण भूमिका खेलेको छ । हलमा पुगेका अधिकांश यूवतीहरुले अनमोलको कारण नै हलमा आएको बताइरहेका थिए । कतिपय यूवती अनमोललाई भेट्दा रोए भने कतिपय अनमोल एक्कासी हलमा आउँदा आश्चर्यमा पुगे । जे भएपनि, चलचित्रको इनिसियल व्यापारमा बम्पर कारोबार गरेर अनमोलले आफ्नो स्टारडम पुनः प्रमाणित गरेका छन् । भोलीबाट चलचित्रको व्यापार यसको कथावस्तु र निर्देशकको काँधमा जान्छ ।

चलचित्रको बम्पर ओपनिङले उत्साहित भएका अनमोल केसी चाडै नै नयाँ चलचित्र सुरु गर्दैछन् । अनमोलले नायिका सारा सिर्पालीसँग ‘हनी बनी’ नामक चलचित्रमा काम गर्दैछन् । यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन बेलायतमा हुनेछ ।

अनमोलले सारासँग जोडी जमाउने तयारी गर्दै गर्दा सुहानाको भने नयाँ प्रोजेक्ट तयार भएको छैन । सुहानाले तेश्रो प्रोजेक्ट पनि घरकै गर्ने संभावना छ । निर्देशक झरना थापा चलचित्र ‘भागवत गीता’ बनाउने तयारीमा छिन् । सुहाना यो चलचित्रमा नायक धिरज मगरसँग काम गर्न चाहन्छिन् । यसैले, बारम्बार उनले धिरजको नाम पनि लिदै आएकी छिन् । यो चलचित्रमा सुहानासँग धिरजको जोडी जमेको खण्डमा दर्शक उत्साहित हुनेछन् ।

तर, झरनाको दिमागमा ‘ए मेरो हजुर ५’को सोच आयो भने दर्शकले अनमोल र सुहानाको जोडीलाई नै खोज्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *