हिन्दी भाषामा ‘केजीएफ २’को रेकर्डः २ दिनमै सय करोड

३ वैशाख २०७९ १२:५३

बलिउड चलचित्रहरुले समेत राख्न नसकेको रेकर्डलाई एक साउथको हिन्दी डब चलचित्रले राखिदिएको छ । बिहिबारबाट रिलिज भएको साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ ।

यो चलचित्रले हिन्दी भाषामा बिहिबार ५३.५० करोडको व्यापार गरेको थियो । शुक्रबार पनि चलचित्रको व्यापारमा खासै कमी आएन । यो चलचित्रले शुक्रबार हिन्दी भाषामा मात्र ४६.७९ करोडको व्यापार गर्यो । २ दिनमै हिन्दी भाषमा सय करोड कमाउने यो पहिलो चलचित्र बनेको छ ।

यो चलचित्रले भारतमा मात्र २ दिनमा २४० करोड ग्रस कलेक्शन गरेको छ । चलचित्रको बम्पर व्यापारसँगै बलिउड चलचित्रलाई साउथका चलचित्रले दरिलो चुनौती दिएका छन् । यशको मुख्य भूमिका रहेको यो चलचित्रलाई दर्शकको प्रतिक्रिया भने मिश्रित आइरहेको छ । यसैले, बक्स अफिसमा लामो समयसम्म यो चलचित्र चम्कनेमा भने शंका व्यक्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *