चलचित्र प्रचारमा प्रियंकाको पक्षपात

३ वैशाख २०७९ ३:१२

नायिका प्रियंका कार्की कुनै समय आफ्नो चलचित्रको प्रचारमा दिनरात नभनी लाग्ने गर्थिन् । चलचित्रको व्यापारले उनलाई ठूलो असर पार्दथ्यो । तर, बिबाह गरेर घरजम गरेपछि भने प्रियंकाको करिअर बदलियो । अहिले उनको क्रेज पहिलेको जस्तो छैन । उनलाई लिएर पहिलोको जस्तो हल्लाखल्ला पनि निर्माताले पाउँदैनन् ।

छोरीको आमा बनेपछि नायिका कार्कीले चलचित्रको प्रचारमा समय दिइनन् । गतबर्षको चैत्र १८ गतेबाट रिलिज भएको चलचित्र ‘हेल्लो जिन्दगी’का निर्माता प्रियंकाको आशामा थिए । साढे ५ लाख पारिश्रमिक लिएर प्रियंकाले चलचित्रको प्रचारमा समय दिइनन् । निर्देशक एभरेष्ट सूर्य बोहरा रिसाएर आगो भए । कलाकारले साथ नदिएको भन्दै उनीहरुमा व्यवसायिकता नभएको आरोप लगाए । चलचित्र हलमा आएको र गएको दर्शकले पत्तो पाएनन् ।

नायिका कार्कीले चलचित्रको प्रचारमा साथ दिएको भए सायद दर्शकले पनि केही भेउ पाउथे होलान् । उनै, प्रियंका ‘हेल्लो जिन्दगी’ रिलिज भएको २ सातापछि भने वैशाख २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लक्का जवान’को प्रचारमा खुलेर हिड्न थालेकी छिन् ।

‘लक्का जवान’को टिमले शुक्रबार मात्र एक कमेडी शोमा गएर चलचित्रको प्रमोशन गर्यो । जहाँ, प्रियंका सहभागी भइन् । वुझिएअनुसार, यो चलचित्रको प्रचारमा प्रियंका खुलेरै लाग्ने तयारीमा छिन् ।

२ साता अगाडि रिलिज भएको चलचित्रको लागि समय नै नदिएकी प्रियंका किरण केसीको लगानीमा बनेको चलचित्रका लागि भने खुलेरै लागेकी छिन् । प्रियंकाले चलचित्रको प्रचार पनि ब्यानर हेरेर गर्छिन् कि के हो ? यो त आफैले काम गरेको चलचित्रमाथि पक्षपात भएन र भन्या ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *