संजीबसँग मेलिनाको इन्गेजमेन्ट, यसैबर्ष बिहे हुने

२ वैशाख २०७९ १२:१४

गायिका मेलिना राईले आफू चाडै नै बैबाहिक जीवनमा बाँधिन लागेको भन्दै आफ्ना फ्यानमाझ खुशी शेयर गरेकी छिन् । मेलिनाले आफूले संजीब बराइलीसँग इन्गेजमेन्ट गरिसकेको पनि उल्लेख गरेकी छिन् । मेलिना र गितारिष्ट तथा कम्पोजर संजीब विगत ५ बर्षदेखि प्रेममा थिए ।

उनीहरुले २ बर्ष अगाडि नै इन्गेजमेन्ट गरेका हुन् । मेलिनाले पछिल्लो केही समयदेखि दिने गरेका अन्तरवार्तामा आफू एक यूवकको प्रेममा रहेको र चाडै बिहे गर्न लागेको जानकारी पनि दिदै आएकी थिइनन् । नेपालका चर्चित गितारिष्ट तथा कम्पोजर संजीबसँगको प्रेम र इन्गेजमेन्टको खबर मेलिनाले लुकाउँदै आएकी थिइनन् । वैशाख १ गते नै यो कुरा सार्वजनिक गर्न चाहेपनि आफ्नो व्यस्तताले गर्दा नपाएको मेलिनाको भनाई छ ।

मेलिनाका अनुसार, उनी र संजीबविच यसैबर्ष बिहे हुँदैछ । तर, बिहेको मिति पनि फाइनल भएको छैन ।

नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिकाको हजारौं फ्यान छन् । तर, उनी भने विगत केही बर्षदेखि संजीबको प्रेममा पौडिरहेकी थिइन् । मेलिना र संगीबलाई बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *