समुन्द्री किनारामा विकिनीमा रमाउने प्रियंकाको इच्छा

२ वैशाख २०७९ १२:०५

आमा बन्नु अगाडि नायिका प्रियंका कार्कीले सामाजिक संजालमा हट फोटो खुबै सार्वजनिक गर्थिन् । स्विमिङ पूलमा रमाउँदै गरेकादेखि समुन्द्री तटमा विकिनीमा खुलेका तस्वीरले हंगामा नै मच्चाए ।

प्रियंकाले नायक आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिनु अगाडि दिएको ब्याचलर पार्टी सर्वाधिक चर्चामा रह्यो । उनले, थाइल्याण्ड गएर मनाएको ब्याचलर पार्टीमा उनीहरुको पहिरनदेखि मदिराको नशाको समेत खुबै चर्चा भयो ।

तर, बैबाहिक जीवनमा बाँधिएर आमा बनेपछि पनि प्रियंका सन्तान हुर्काउनमा नै व्यस्त छिन् । तर, प्रियंकालाई समुन्द्री किनारामा गएर विकिनी लगाएर रमाउने इच्छा भने अझै कम भएको छैन । प्रियंकाले सामाजिक संजालमा लेखेकी छिन्–‘हरेक मानिसहरु कुनै न कुनै कुरामा विश्वास गर्छन् । मलाई पनि एकदिन समुन्द्री किनारामा गएर रमाउन सक्छु भन्नेमा विश्वास छ ।’

छोरी हुर्काइसकेपछि प्रियंकाले आफूलाई फेरि पुरानै शैलीमा प्रस्तुत गर्ने छनक दिएकी छिन् । प्रियंका तौल पनि घटाइरहेकी छिन् । सायद, उनको विकिनीमा समुन्द्रमा रमाउने इच्छा चाडै पुरा हुन्छ कि, सपना देखे पुरा हुन्छ भन्छन् आखिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *