‘अटो मेसिन’का कारण रञ्जनामा ‘केजीएफ २’ लाग्दै गर्दा ‘ए मेरो हजुर ४’को गीत बज्योः नरेन्द्र महर्जन

२ वैशाख २०७९ ९:०१

बिहिबार काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेप्लेक्समा ‘केजीएफ २’ हेरिरहेका दर्शकले अचानक नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को गीत हेर्नु पर्यो । नेपाली चलचित्रको गीत बजेपछि हलमा होहल्ला चल्यो ।
सामाजिक संजालमा त केही मानिसहरुले ‘ए मेरो हजुर ४’को टिमले षड्यन्त्र गरेर यस्तो भएको समेत भन्न भ्याएका छन् ।

तर, रञ्जना सिनेप्लेक्सका संचालक नरेन्द्र महर्जनले अटो मेसिनका कारण यो समस्या आएको बताए । उनले हाम्रो सिनेमासँग कुरा गर्दै भने–‘हाम्रो हलमा ३ पर्दा छन् । तिनै पर्दालाई कन्ट्रोल गर्नका लागि अटो मेसिन राखिएको छ । जसले एकै ठाउँबाट ३ वटा पर्दामा चलिरहेका चलचित्रलाई नियन्त्रण गर्न सक्छ । तर, अटो मेसिनमा काम गर्ने कर्मचारीले ३ नम्बर थिच्नु पर्नेमा २ नम्बर थिच्दा केही मिनेट यस्तो समस्या आएको हो ।’ नेपालमै पहिलो पटक अटो मेसिन हलमा प्रयोग गरिएको नरेन्द्रको कथन छ ।

‘ए मेरो हजुर ४’ २ नम्बर पर्दामा प्रदर्शन भैरहेको थियो । नरेन्द्रले भने–‘ए मेरो हजुर ४’को टिमले षड्यन्त्र गरेर यस्तो समस्या आएको भन्ने हल्ला वेकारको हो । कहिलेकाही मानिसबाट गल्ती हुन्छ । भएको यती मात्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *