‘केजीएफ २’को बम्पर ओपनिङ, पहिलो दिन १३४ करोडको व्यापार

२ वैशाख २०७९ ८:४४

साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’ले पहिलो दिन भारतमा बम्पर ओपनिङ गरेको छ । हिन्दी भाषामा मात्र यो चलचित्रले पहिलो दिन ५३ करोड माथिको व्यापार गरेको थियो । तर, यो चलचित्रले भारतभर विभिन्न ५ भाषामा १३४.५० करोडको व्यापार गर्दै सबै रेकर्ड तोडेको छ ।

चलचित्र भारतका केही हलमा त २४ घन्टा नै चलेको थियो । चलचित्रले समीक्षकबाट सुखद प्रतिक्रिया पाएको छ भने दर्शकबाट यो चलचित्रलाई मिश्रित प्रतिक्रिया छ । चलचित्रको हाइप, पहिलो सिरिजको कारण दोश्रो सिरिजको पर्खाइका कारण यसले बम्पर ओपनिङ गरेको छ । दर्शकको वर्ड अफ माउथले अबका दिनमा काम गर्नेछ ।

 

यश, रविना टन्डन र संजय दत्तको मुख्य भूमिका रहेको यो चलचित्रमा यशले गरेको शासनलाई प्राथमिकता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *