‘केजीएफ २’को ५३.९३ करोडको ओपनिङ, तोडियो आमिर र ऋतिकको रेकर्ड

२ वैशाख २०७९ ८:१९

साउथको सर्वाधिक प्रतिक्षित चलचित्र ‘केजीएफ २’ बिहिबारबाट रिलिज भएको छ । यो चलचित्रले बिहिबार हिन्दी भाषामा नयाँ रेकर्ड कायम गर्दै बम्पर ओपनिङ गरेको छ । यश, संजय दत्त र रविना टन्डनको मुख्य भूमिका रहेको यो चलचित्रले बिहिबार हिन्दी भाषामा मात्र ५३.९५ करोडको बम्पर ओपनिङ गरेको छ ।

यो ओपनिङ नायक आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ र ऋतिक रोशनको ‘वार’को भन्दा धेरै हो ।

आमिरको चलचित्रले पहिलो दिन ‘५०.७५ करोडको ओपनिङ गरेको थियो भने ऋतिकको चलचित्र ‘वार’ले ५१.६० करोडको बम्पर ओपनिङ गरेको थियो । तर, यी दुबै बलिउड चलचित्रको रेकर्डलाई साउथको चलचित्र ‘केजीएफ २’ले तोडिदिएको छ ।

चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् भने समीक्षकले सुखद भनेका छन् । बिहिबार यो चलचित्र २४ घन्टा नै चलेको थियो । चलचित्रको क्रेजलाई हेरेर हिन्दी भाषामा मात्र यो चलचित्रलाई ४ हजार भन्दा बढी हल उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *