दरबार मार्गमा नयाँ हल खुल्यो, टिकट दर कती महंगो ?

२ वैशाख २०७९ ४:३८

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ र साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’सँगै काठमाडौंको मुटु मानिने दरबारमार्गमा नयाँ हल संचालनमा आएको छ । ‘दरबार सिनेम्याक्स’ नाम दिइएको हल बिहिबारदेखि संचालनमा आएको हो ।

हलमा ५० र ५३ सिट क्षमताका २ अडिटोरियम छन् । गुण सिनेमा हल संचालन गरिरहेको गुण गु्रपकै स्वामित्वमा यो हल संचालनमा ल्याइएको हो । यसको व्यवस्थापन भने क्यूएफएक्सले गर्नेछ । हलमा अत्याधुनिक प्रविधिका साउन्ड सिस्टम, फोल्डिङ सिट र स्क्रिन जडान गरिएको छ ।

प्रबन्ध निर्देशक दिप्रश शाक्यका अनुसार, हलमा आफ्नो इच्छा अनुसार सिट फोल्ड गरेर चलचित्र हेर्न पाउनुको साथै अर्डर अनुसार सिटमै खाना तथा वार सेवा समेत उपलब्ध गराइएको छ ।

हल संचालनमा आएसँगै दर्शकको उपस्थिती पनि बाक्लो देखिएको थियो । हलमा विदेशी र नेपाली चलचित्रले राम्रो व्यापारको सुरुवात गरेका छन् । हलमा चलचित्र हेर्नका लागि दर्शकले १ हजारको टिकट काट्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *