नायक पल शाह र मोडल शुभेक्षा मगरले अभिनय गरेको ‘प्लिज नभन है’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यूवराज मगर र टीका प्रसाँइको स्वर रहेको यो गीतमा एकनारायण भण्डारीको शब्द, यूवराजकै संगीत छ ।
डान्सिङ विटको गीतलाई यूवराज मगरले निर्देशन गरेका हुन् ।
भिडियोमा गाउँको यूवा र शहरकी यूवतीविचको कथालाई प्रस्तुत गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी, विकास ज्ञवालीको सम्पादन रहेको भिडियोले दर्शकको राम्रै साथ पाइरहेको छ ।