सोहेल खान र मन्त्री आलेको एक तस्वीरको आलोचना

२ वैशाख २०७९ ३:०३

केही साता अगाडि बलिउड नायक सलमान खानसँग भर्चुअल कुराकानी गर्ने क्रममा नेपाल सरकारका पर्यटन मन्त्री प्रेम आलेले आफूलाई मन्त्री भन्दा पनि सलमानको फ्यानको रुपमा प्रस्तुत गरे । मन्त्री आलेले सलमानसँग गरेको कुराकानीले सामाजिक संजालमा चर्को आलोचना भोग्यो ।

त्यसको केही दिनपछि मन्त्री आलेसँग सलमानका भाई सोहेल खानको एक तस्वीरले फेरि आलोचना भोगिरहेको छ । सलमानको जेठ १४ गते नेपालमा आयोजना हुन लागेको टूरको तयारीको बिषयमा वुझ्न सोहेल बुधबार नेपाल आएका थिए । उनी, बिहिबार बेलुकी मुम्बई फर्किसकेका छन् । बिहिबार मन्त्री आले र सोहेलको काठमाडौंकोे सोल्टी होटलमा भेट भएको थियो । भेटका क्रममा मन्त्री आले र सोहेलबिच के कुराकानी भयो, त्यो सार्वजनिक भएको छैन ।

तर, एउटै सोफामा नेपालका केन्द्रिय मन्त्रीसँग बस्दा सोहेले कुनै शिष्टाचार फलो गरेको देखिदैन । उनी, सोफामा एउटा खुट्टा चढाएर बसेका छन् भने मन्त्री आलो कोर्ट पाइन्टमा देखिन्छन् । यस्तो लाग्छ, सोहेलले आफू नेपालको मन्त्रीसँग कुराकानी गरिरहेको छु भन्ने नै बिर्सिएका छन् । यो तस्वीरलाई नेपाली चलचित्रका चलचित्रकर्मीहरुले सामाजिक संजालमा शेयर गर्दै बलिउडले त नेपाललाई पेल्छ भने भारतको के कुरा भन्दै आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *