१०० करोड पारिश्रमिक लिने विजय बहिनीको निधनका कारण टुटेका थिए

२ वैशाख २०७९ २:१७

तमिल चलचित्र उद्योगका सुपरस्टार नायक थलपति विजयको नयाँ चलचित्र ‘बीस्ट’ रिलिज भैसकेको छ । यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड समेत राखेको छ । तमिलका ६० भन्दा धेरै चलचित्रमा काम गरेका विजयका अधिकांश चलचित्र सुपरहिट भएका छन् । यो चलचित्रका लागि विजयले सय करोड पारिश्रमिक लिएको भारतीय मिडियाले लेखेका छन् ।

विजय तमिल चलचित्र उद्योगका सुपरस्टार भएपनि उनी मिडियामा आउँदैनन् । विजयले मिडियामा अन्तरवार्ता नदिएको १० बर्ष भयो । १० बर्षपछि एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा विजयले आफ्नो मनको बह पोखे ।

आफ्नी बहिनीको सानै उमेरमा निधन भएपछि विजय टुटेका थिए । सानै उमेरमा बहिनीको निधन भएपछि विजयलाई यो घटनाले लामो समयसम्म स्तब्ध बनायो । यसैले, उनले आफ्नो प्रोडक्शन हाउसको नाम पनि बहिनीको नामबाट नै राखेका छन् ।

विजयको बहिनीको नाम बिद्या थियो । उनी बहिनीलाई खुबै प्रेम गर्थे । तर, एक दुर्घटनामा उनकी बहिनीको निधन भयो । यसले उनको मनलाई भित्रैबाट हल्लायो । यसैले, उनी सार्वजनिक रुपमा बोल्नबाट आफूलाई टाढै राख्छन् ।

विजयले प्रोडक्शन हाउसको नाम नै विद्या–विजय राखेका छन् । विजयले आफ्नी छोरीको नाम ‘दिव्या’ राखेका छन्, जुन उनकी बहिनको नामसँग मिलेजस्तो लाग्छ । आफ्नो २५ बर्ष लामो करिअरमा विजयले ६० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले, बाल कलाकारको रुपमा तमिल चलचित्र उद्योगमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *