बेहुला–बेहुली बन्दा यस्तो देखिए आलिया र रणवीर

२ वैशाख २०७९ २:०२

बलिउड लभ बर्ड नायिका आलिया भट्ट र नायक रणवीर कपुर बैबाहिक बन्धनमा बाँधिएका छन् । यी दुइले अप्रिल १४ अर्थात बिहिबार बिबाह गरेका हुन् । बैबाहिक समारोहमा आलिया र रणवीरका आफन्त, केही बलिउडकर्मी उपस्थित थिए ।

बैबाहिक समारोहपछि आलिया र रणवीरले मिडियाको अगाडि तस्वीर खिचाए । आलिया र रणवीरले एक अर्कालाई चुम्बन गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।

केही बर्ष प्रेम सम्बन्धमा बाँधिएपछि यी दुईले जीवनको नयाँ यात्रा सुरु गरेका हुन् । आलियाले बलिउडमा उच्च क्रेज बनाइरहेको समयमा रणवीरसँग बिहे गरेकी हुन् । उनीहरुलाई बलिउडकर्मी र फ्यानले बधाई दिइरहेका छन् । आलिया र रणवीरले ठूलो तामझामविना नै बिबाह गरेको तस्वीरले पनि प्रष्ट पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *