अनमोल केसी ‘जनसेवाश्री पञ्चम पदक’बाट सम्मानीत(भिडियो कुराकानीसहित)

१ वैशाख २०७९ १४:१५

नेपाली चलचित्र क्षेत्रका सफल नायक अनमोल केसीलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवाश्री पञ्चम पदक’ प्रदान गरेकी छिन् । नेपाल सरकारको सिफारिशमा अनमोललाई राष्ट्रपति विद्यादेवी भण्डारीले यो पदक प्रदान गरेकी हुन् । अनमोल, पदक ग्रहण गर्नका लागि दौरा सुरुवाल लगाएर राष्ट्रपति कार्यलय पुगेका थिए ।

गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले विभिन्न पदक पाउने व्यक्तिहरुको नाम घोषणा गरेको थियो । नयाँ बर्षको अवसर पारेर राष्ट्रपतिले पदक प्रदान गरेकी हुन् ।

 

पदक पाइसकेपछि हाम्रो सिनेमासँग विशेष कुराकानी गर्दै अनमोलले भने–‘मलाई देशका लागि अझै केही गर्नुपर्छ भन्ने जिम्मेवारी महशुश भएको छ । दर्शकहरुले दिनुभएको मायाकै कारण आज म यहाँ छु । दर्शकको मायाका कारण राष्ट्रले मलाई यो पदकको हकदार सोचेको हो । यसैले, म आम दर्शकलाई नै यो पदक समर्पित गर्न चाहन्छु ।’

अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ आजबाट देशभरका हलमा रिलिज भएको छ । चलचित्रले पहिलो दिन बम्पर ओपनिङ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर