‘ए मेरो हजुर ४’को बम्पर ओपनिङ, दर्शकले भने–‘रुवायो’

१ वैशाख २०७९ १३:४१

चलचित्र उत्कृष्ट बनाएको खण्डमा विदेशी महंगा र सबैभन्दा हाइप बनाएका फिल्म आउँदा पनि खासै फरक पर्दैन भन्ने पुष्टी आजबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ४’ले गरेको छ ।

एक साता अगाडि नै ‘केजीएफ २’को बुकिङ खुलाएर वितरक र केही प्रदर्शकले नेपाली चलचित्रलाई लखेट्ने प्रयास गरेका थिए । तर, निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले चलचित्रलाई पछि सारेनन् ।

बिहिबार नयाँ बर्षको दिन यो चलचित्रले देशभर पाएका सबै शोजहरुमा बम्पर ओपनिङ गरेको छ । देशभरका सबै शोजहरुमा दर्शकको उपस्थिती आक्रामक देखियो । कतिपय मल्टिप्लेक्समा शोज नहुँदा दर्शक फर्किनु परेको थियो ।

काठमाडौंको अष्टनारायण हलमा नायक अनमोल केसी र नायिका सुहाना थापा पुग्दा दर्शकको भीडले हुटिङ गर्दै माया दर्शाएको थियो । अष्टनारायणको ९ सय भन्दा बढी दर्शक अट्ने ठूलो अडिटोरियममा हाउसफूल दर्शकको विचमा अनमोल र सुहाना उभिदा माहोल गज्जबको बनेको थियो ।

उनीहरुले, चलचित्र उत्कृष्ट बनेको भन्दै रुवाएको बताए । यस्तै, बालाजुमा रहेको आईएनआईमा पनि दर्शकको भीड देखियो । हलमा चलचित्रले पाएको ४ शोज नै हाउसफूल भएको थियो । यस्तै भीड बीग मुभिज, आईप्लेक्स मल, एफक्यूब, क्यूएफएक्सका सबै चेनमा देखिएको थियो ।

नायक अनमोल केसीले दर्शकले दिएको मायाको अगाडि कसैको पनि केही नलाग्ने बताए । यस्तै, नायिका सुहाना थापाले चलचित्रलाई दर्शकले माया दिनुभएको भन्दै राम्रो चलचित्रलाई दर्शकले सधै साथ दिएको बताइन् । निर्देशक झरना थापाले दर्शकको विश्वासले नै आज नेपाली चलचित्रको जित भएको बताइन् । चलचित्र हेरेका अधिकांश दर्शक हलबाट रुँदै निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *