प्रिमियरमा सुहाएको अनमोल–सुहानाको जोडी

१ वैशाख २०७९ ६:२९

आजबाट देशैभर रिलिज भएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को बुधबार बेलुकी काठमाडौंको बीग मुभिजमा प्रिमियर आयोजना भयो । प्रिमियरमा चलचित्रका मुख्य कलाकारद्धय अनमोल केसी र सुहाना थापा आकर्षक बनेर पुगेका थिए ।

नायक अनमोल केसीको पहिरनले दर्शकको मन लोभ्यायो । अनमोल निक्कै नै ह्यान्डसम देखिएका थिए । नायिका सुहाना थापा पनि सारीमा सजिएकी थिइन् । उनको पहिरनले सधै नै दर्शकलाई आकर्षित गरेको हुन्छ । अनमोल र सुहानाले उपस्थिती सबै पाहुनाहरुसँग तस्वीर खिचाए । उनीहरु एकसाथ खुशी देखिएका थिए ।

देशैभरका हलमा रिलिज भएको यो चलचित्रले ओपनिङ सुखद गरेको छ । आज देशैभरका हलमा चलचित्र हाउसफूलका साथ चलिरहेको छ ।

तस्वीरः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *