अनमोलको अर्को फिल्म ‘हनी बनी’, काम गर्न सके करिअरकै कोशेढुंगा बन्न सक्छ

१ वैशाख २०७९ ६:०१

नायक अनमोल केसी अभिनित चलचित्र ‘हनी बनी’ छायांकनको अन्तिम तयारीमा छ । ‘ए मेरो हजुर ४’ रिलिज भएपछि अनमोल यो चलचित्रका लागि बेलायत जानेछन् ।

चलचित्र ‘ए मेरो हजुर ४’को प्रशंसा भैरहँदा, यसपटक सबैभन्दा केन्द्रिय पात्रको रुपमा चर्चित छन् अनमोल केसी । जसले सातौ चलचित्रसम्म अभिनयमा नै आलोचना भोगिरहेका थिए । यसपटक, अनमोलको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ ।

उनै, अनमोल केसी अब ‘हनी बनी’का लागि समय दिने तयारीमा छन् । निर्देशक दिवाकर भट्टराईका अनुसार, अनमोलले यो चलचित्रमा पाएको भूमिकालाई उत्कृष्ट तरिकाले निर्वाहा गर्न सकेको खण्डमा उनका लागि यो चलचित्र कोशेढुंगा बन्न सक्नेछ ।

दिवाकर चलचित्र ‘ए मेरो हजुर ४’ हेरिसकेपछि भने, अनमोलले काम गर्न सक्नेमा ढुक्क छन् । यो चलचित्रमा अनमोलले सारा सिर्पालीसँग रोमान्स गर्दैछन् ।

आठौ चलचित्रमा आइपुग्दा आफूलाई निखारेका अनमोलको अब स्टारडमसँगै अभिनय पनि चम्कनेछ । यसैले, नेपाली चलचित्रमा लामो रेशको घोडा बन्ने संकेत गरेका यी स्टारले ‘ए मेरो हजुर ४’बाट यो कुराको पुष्टी गरेका छन् ।

अर्कोतिर, चलचित्रले बिहिबार नयाँ बर्षको दिन देशैभर पाएका शोजमा हाउसफूल दर्शक पाएकाले पनि अनमोलको स्टारडम फेरि चम्किएको छ । जसकाकारण, नयाँ चलचित्र बनाउन लागेका दिवाकर उत्साहित देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *