नेपाली हलमा मध्यरातबाटै ‘केजीएफ २’को शो

१ वैशाख २०७९ २:२४

साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’ले नेपाली बक्स अफिसमा सुनामी मात्र ल्याएका छैन, प्रदर्शकहरुको मुहारमा खुशी समेत फर्काएको छ । बिहान ६ बजेबाट शो राखेर ‘केजीएफ २’लाई उच्च प्राथमिकतामा राखेका प्रदर्शकहरुलाई यतिले मात्र पुगेन ।

दर्शकको उपस्थिती हरेक शोमा खचाखच भएपछि प्रदर्शकहरुले मध्यरातदेखि नै यो फिल्म देखाएका छन् । आज बिहान १ बजे काठमाडौंको एफक्यूब हलले शो सुरु गरेको छ । एफक्यूबमा १ बजेपछि ३ बजे अर्को शो राखिएको थियो भने, ४ बजे, ६ बजे शो राखिएको छ ।

यस्तै, काठमाडौंको बीग मुभिजले बिहान ४ बजेबाट शो सुरु गरेको छ । बीग मुभिजका सबै शोमा दर्शकको उपस्थिती हाउसफूल छ । नेपालमा मध्यरातदेखि नै दर्शकको यो उपस्थिती यसअगाडि देखिएको थिएन । यसले, वितरक र प्रदर्शकले राम्रै रकम कमाउने पक्का छ ।

फिल्मको वर्ड अफ माउथले आइतबारदेखिको व्यापार तय गर्नेछ । तर, फिल्मले ३ दिन भने बक्स अफिसमा सुनामी ल्याउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *