सलमानको कन्सर्टको तयारी वुझ्न नेपाल आए सोहेल खान

१ वैशाख २०७९ २:०१

बलिउडका सुपरस्टार नायक सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुन लागेको ‘दबंग लाइभ इन नेपाल’को तयारी वुझ्नका लागि उनका भाई सोहेल खान नेपाल आइपुगेका छन् ।

उनी, कार्यक्रमको तयारी लगायतको जानकारी लिनका लागि नेपाल आएका हुन् । ओडीसी इन्टरटेन्मेन्ट प्रालिका प्रवन्ध निर्देशक सिमान्त गुरुङका अनुसार, सोहेल आज काठमाडौंको सोल्टी होटलमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी भएर मुम्बई फर्किनेछन् ।

नेपालमा कोरोना महामारीपछि पर्यटन प्रवद्र्धनका लागि भन्दै विदेशी कलाकारलाई ल्याएर कार्यक्रम गर्ने क्रम ह्वात्तै बढेको छ ।

सलमानको कन्सर्टका लागि नेपाल सरकारले पनि पूर्ण रुपमा सहयोग गरिरहेको छ । केही हप्ता अगाडि मात्र पर्यटनमन्त्री प्रेम आलेले सलमानसँग भर्चुअल गफ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *