‘ए मेरो हजुर ४’ समीक्षाः अनमोलको उत्कृष्ट अभिनय, क्लाइमेक्सले सरप्राइज दिन्छ

३० चैत २०७८ १७:०४

हाम्रो सिनेमामा हामी भोली बिहिबारबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को लामो समीक्षा भोली गर्नेछौ । तर, आज बेलुकी काठमाडौंको बीग मुभिजमा आयोजित चलचित्रको प्रिमियरमा अधिकांश चलचित्रकर्मी, पत्रकार र केही दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

झरना थापा निर्देशित यो चलचित्रले नेवारी संकृतीलाई पनि गज्जबले महत्व दिएको छ । अनमोल र सुहानाको झगडा, एउटा कुकुरका लागि हुने विवाद हुँदै प्रेम, रोमान्स, विछोड, पागलपन, खुशी र फेरि निराशाको कथामा यो फिल्म बनेको छ ।

फिल्मको पहिलो भागको सुरुवाती केही मिनेटका दृश्यलाई छाड्ने हो भने यो फिल्मले दर्शकलाई सिटबाट उठ्न दिदैन ।

यो फिल्मबाट नायक अनमोल केसीले आफ्नो अभिनय क्षमतालाई पुष्टी गरेका छन् । सातौ चलचित्रसम्म दर्शक, समीक्षक र पत्रकारबाट आलोचित हुँदै आएका अनमोल आठौमा आइपुग्दा भने परिपक्क देखिएका छन् । सुहानाले तेश्रो सिरिजबाट प्रमाणित गरेको कामलाई चौथो सिरिजमा अझै बलियो बनाएकी छिन् ।

चलचित्रको क्लाइमेक्स सरप्राइज दिने खालको छ । जसले, दर्शकको अनुहारमा फर्किएको खुशीलाई फेरि आँखाभरी आँशु लिएर हलबाट निस्कन वाध्य गराउँछ ।

फिल्म हेर्न हलमा पुगेका कलाकार सरोज खनाल, नायिका करिश्मा मानन्धर, केकी अधिकारी, स्वस्तिमा खड्का, नीता ढुंगाना, कलाकार हरिहर अधिकारी, निर्देशक अशोक शर्मा लगायतले अनमोल केसीको कामको खुलेरै प्रशंसा गरे ।

‘ए मेरो हजुर’को अघिल्ला २ सिरिज भन्दा यो उत्कृष्ट भएको अधिकांशको प्रतिक्रिया थियो । यस्तै, कलाकारले आफ्नो अभिनय क्षमताबाट बाधेर राखेकाले पनि दर्शकलाई फिल्मसँगै बग्न मद्दत मिल्नेछ ।

नयाँ बर्षमा नेपाली फिल्म हेरेर रमाउन चाहनुहुन्छ भने, तपाइका लागि ‘ए मेरो हजुर ४’ उत्कृष्ट कोशेली हुनसक्छ । झरना थापा र सुनिल कुमार थापा यसका लागि बधाईका पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *