जुम्ल्याहा बच्चाकी आमा बन्दै रेनशा, ‘आई एम ट्वान्टी वान’ तत्काल रिलिज नहुने

३० चैत २०७८ ५:४२

निर्माता तथा हल व्यवसायी प्रज्ज्वल शमशेर जबरासँग बैबाहिक जीवनमा बाँधिएको केही बर्षपछि निर्देशक रेनशा वान्तवा राई आमा बन्ने तयारीमा छिन् । रेनशाको गर्भमा ५ महिना दुई सन्तान हुर्किरहेका छन् । यसैले, रेनशा विगत केही समयदेखि घरमै आराम गरिरहेकी छिन् ।

गर्भमा सन्तान हुर्किरहेकाले रेनशा निर्देशित चलचित्र ‘आई एम ट्वान्टी वान’को प्रदर्शन पनि तय हुन सकेको छैन । रेनशाले सन्तान जन्माएपछि मात्र चलचित्रको रिलिजको मिति तोक्ने बताइन् ।

रेनशाले भनिन्–‘अहिले म अर्को खुशीमा छु । यसैले, चलचित्र रिलिजको लागि केही पनि तयारी गर्न पाएकी छैन । अब, सन्तानको खुशी मिलेपछि चलचित्रको बिषयमा सोच्नुपर्ला ।’ धिरज मगर, जसिता गुरुङ लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई डान्सको कथामा तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *