दुबईबाट लिक भयो ‘केजीएफ २’को कथा, जान्नुहोस् कस्तो छ ?

३० चैत २०७८ २:३९

भोली बिहिबारबाट विश्व बजारमा रिलिज हुन लागेको साउथ चलचित्र ‘केजीएफ २’ले बक्स अफिसमा सुनामी ल्याउने त पक्का भैसकेको छ । नेपालमा पनि यो चलचित्रको आक्रामक क्रेज देखिएको छ । चलचित्र रिलिज हुन एक दिन मात्र बाँकी रहेको समयमा, यो चलचित्रको समीक्षा भने सार्वजनिक हुन थालेको छ । दुबईबाट चलचित्रको कथा र समीक्षा सार्वजनिक भएको हो ।

भारतमा भन्दा पहिले नै दुबईमा चलचित्र रिलिज हुने भएकाले पनि समीक्षा चाडै सार्वजनिक हुने गर्दछ । दुबईमा रहेर चलचित्रको समीक्षा गर्दै आएका उमर सन्दुले सामाजीक संजालमा यो चलचित्रलाई ‘वल्र्ड क्लास’ भनेका छन् । उनले लेखेका छन्–‘यो चलचित्रले कन्नड चलचित्रको बजारलाई नयाँ स्तरमा लैजानेछ । चलचित्रको सुरुवातीदेखि अन्तिमसम्म एक्सनले भरिएको छ ।’

चलचित्रमा बुनिएको एक्सन, सस्पेन्स र थ्रिलले दर्शकलाई तरंगित बनाइराख्ने उनको भनाई छ । यस्तै, संगीत केही कमजोर भएपनि चलचित्रलाई अगाडि बढाउन सहयोग गर्ने उनको कथन छ । उनले, चलचित्रलाई उत्कृष्ट भन्दै निर्देशकले निक्कै राम्रो काम गरेको पनि लेखेका छन् ।

विशेषगरि, चलचित्रका मुख्य नायक यश र खलनायक संजय दत्तले उत्कृष्ट काम गरेको उमरले लेखेका छन् । यस्तै, उनले क्लाइमेक्सले सबैलाई हैरान बनाउने पनि उल्लेख गरेका छन् ।
यो चलचित्र विश्व बजारमा कन्नडा, तेलुगु, हिन्दी, तमिल र मलायालम भाषामा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *