सलोन बस्नेत लाउन्च एण्ड बारका मालिक

३० चैत २०७८ २:२६

नेपाली मनोरञ्जन दुनियाँमा काम गर्ने कलाकारहरुले विभिन्न पेशा अपनाउँदै आएका छन् । अधिकांश कलाकारहरु रेष्टुरेन्ट पेशामा सक्रिय भएको पाइन्छ ।

नेपाली चलचित्रका सफल कलाकार सलोन बस्नेत पनि अब बार संचालनमा लागेका छन् । ललितपुरस्थिती झम्सीखेलको बीग मार्ट अगाडि सलोन र उनका साथी रबिन कँडेलले मिलेर ‘आसन लाउन्च एण्ड बार’ संचालनमा ल्याएका हुन् ।

हरेक दिन लाइभ म्यूजिक हुने बारमा सफिक हप ब्यान्डले गीत गाउनेछ । बारमा इन्डियन, चाइनिज, कन्टिनेन्टल लगायतका परिकार पाइने नायक सलोन बस्नेतले बताए । उनले भने–‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी तरिकाले सेवा पाउनुहुनेछ ।’

नयाँ चलचित्र ‘ए मेरो हजुर ४’का लागि उत्साहित रहेका सलोन बार संचालनमा आएसँगै व्यवसायमा पनि सक्रिय हुने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *