‘डिजे वाला बाबु’ गायिका आस्था गिलले काठमाडौं तताउने

२९ चैत २०७८ १४:२९

बलिउडका कलाकारहरु नेपाल आउने क्रम बढेको छ । कोरोना महामारीविच भारतका चर्चित कलाकारहरुलाई नेपाल ल्याएर कार्यक्रम गर्न आयोजकहरु पनि लागिपरेका छन् । बलिउड नायक सलमान खान कन्सर्टका लागि जेठको १४ गते नेपाल आउँदैछन् । यसैविच, बलिउड गायिका आस्था गिल वैशाख २४ गते शनिबार अर्थात मे ७ मा काठमाडौंमा सुनिने भएकी छिन् ।

उनी दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा आफ्ना लोकप्रिय गीतहरुको साथमा दर्शकमाझ प्रस्तुत हुन लागेकी हुन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । आयोकजले टिकट दर १ हजार र २ हजार तोकिएको बताएको छ ।

चलचित्र ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन् ।
उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’को प्रतिष्पर्धी पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *