रानीले केकी र निक्सलाई रोमान्स गराउँदै ल्याइन् ‘म त तिम्रै हुँ’

२९ चैत २०७८ १३:१३

अमेरिकामा रहेर पनि गायन क्षेत्रमा सक्रिय छिन्, रानी शाक्य । रानी शाक्यका गीतले दर्शकको माया पनि पाइरहेका छन् । उनै, रानीले गायक प्रकाश तिमिल्सिनासँग मिलेर नयाँ गीत ‘म त तिम्रै हुँ’ बजारमा ल्याएकी छिन् । गीतलाई रोमान्टिक धारमा तयार पारिएको छ ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र मोडल निक्स शर्माको अभिनय छ । रामेश्वर हुमागाँइको छायांकन रहेको यो भिडियोमा अनन्त घिमिरेको सम्पादन छ । भिडियोलाई निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा मदनले केकी र निक्सको रोमान्टिक केमेष्ट्री देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *