शोभित बस्नेत पनि काठमाडौंका मेयरका उम्मेदवार

२९ चैत २०७८ १२:३९

नायक भूवन केसीले मेयर पदमा उठ्ने खबरले तरंग ल्याएको थियो । तर, बजारमा अत्याधिक आलोचना भएपछि भूवनले मेयर पदमा नउठ्ने घोषणा गरे ।

अब, अर्का चलचित्रकर्मी पनि मेयर पदमा उठ्ने तयारीमा छन् । निर्देशक शोभित बस्नेतलाई लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौंको मेयर पदमा टिकट दिन लागेको हो । समाजवादी पार्टीका बागमती प्रदेशका अध्यक्ष करण श्रेष्ठ र शोभित बस्नेतविच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ । शोभित पनि मेयर पदका लागि तयार भएको श्रोतले बतायो ।

श्रोतका अनुसार, केही दिनमा नै शोभितले मेयर पदमा उठ्न लागेको घोषणा गर्नेछन् । चन्द्रागिरीमा बस्दै आएका शोभित काठमाडौं जिल्लाका मतदाता हुन् । यसैले, उनले यही महानगरबाट उम्मेदवारी दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *