अक्षय कुमारलाई फापेन ‘बी’

२९ चैत २०७८ ६:५४

नायक अक्षय कुमारले केही बर्षयता हिट चलचित्र दिइरहेका छन् । अक्षयले काम गरेका मसलादेखि राष्ट्रियताको कथा बोकेका चलचित्रले बक्स अफिसमा हिटको व्यापार गरिरहेका छन् । तर, यो बर्ष उनी अभिनित २ वटा चलचित्र नराम्रोसँग पिटिए ।

कोरोना महामारी लगतै रिलिज भएको अक्षय अभिनित चलचित्र ‘बेलबटन’ले दर्शकको साथ पाउन सकेन । बक्स अफिसमा अक्षयको नयाँ लुक्सले काम नगर्दा उनलाई ‘सूर्यवंशी’ले मात्र राहत दियो । यस्तै, केही साता अगाडि रिलिज भएको अर्को चलचित्र ‘बच्चन पाण्डे’ पनि बक्स अफिसमा चिप्लियो ।

साजिद नाडियाडवालाको लगानीमा बनेको, अक्षय र कृती सेननको मुख्य भूमिका रहेको चलचित्रले बक्स अफिसमा ५० करोडको मात्र व्यापार गर्न सक्यो ।

बक्स अफिसमा अक्षयका ‘बी’ अक्षरबाट सुरु भएका दुबै चलचित्र असफल भए । यसले, अब अक्षयले ‘बी’ अक्षरबाट सुरु भएका चलचित्र गर्दा सोच्नुपर्ने बेला आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *