फिल्म अवार्डमा कसले गर्यो पूजाको अपमान ?

२९ चैत २०७८ ६:४४

नायिका पूजा शर्माले काठमाडौंको चलचित्र विकास बोर्डमा आयोजना भएको ‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८’मा उत्कृष्ट नायिकाको सम्मान प्राप्त गरिन् । तर, पूजाका लागि यो सम्मान प्राप्त गर्दाको क्षण भने सुखद रहेन ।

अवार्ड कार्यक्रममा निक्कै नै आकर्षक बनेर पुगेकी पूजाको नाम जब घोषणा भयो, उनले आफूलाई अपमान गरिएको महशुश गरिन् । कार्यक्रम संचालिकाले ‘ल लिनोस् तपाईको अवार्ड’ भनेपछि पूजा रिसाइन् । कार्यक्रममा अतिथीको रुपमा देशकी एक चर्चित नायिकालाई बोलाईसकेपछि कुन शैलीमा सम्बोधन गर्नुपर्छ भन्ने पनि कार्यक्रम संचालिकाले वुझिनन् ।

पूजाले अवार्ड त थापिन्, तर उनको रिस कम भएन । अवार्ड पाएपछि पूजा मिडियासँग पनि तस्वीर मात्र खिचेर बाहिरिएकी थिइन् ।

यो बर्ष रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ चलेपछि पूजा सर्वाधिक चर्चामा छिन् । यो बर्षको हिट चलचित्र दिने एक मात्र नायिका पूजालाई अवार्ड कार्यक्रममा संचालिकाले अपमान गरेको महशुश भयो । कार्यक्रम आयोजना गरिसकेपछि, संचालन गर्ने संचालिका पनि अतिथीलाई सम्मान गर्न जानेको राख्ने कि आयोजक ज्यू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *