सलमानको प्रश्नमा यशको जवाफ

२९ चैत २०७८ ६:२६

केही हप्ता अगाडि बलिउड नायक सलमान खानले साउथ बजारमा हिन्दी चलचित्र किन चल्दैन भनेर प्रश्न गरेका थिए । साउथका चलचित्रले हिन्दी भाषामा पनि नयाँ नयाँ रेकर्ड बनाइरहेको समयमा सलमानले यो गुनासो गरेका थिए ।

यो प्रश्नमा साउथका सुपरस्टार नायक यशले जवाफ दिएका छन् । उनले भनेका छन्–‘पहिले–पहिले साउथका चलचित्रको अवस्था पनि यस्तै थियो । तर, जब हिन्दी भाषमा डब गरेर हाम्रा चलचित्र रिलिज हुन थाले, दर्शकले मनोरञ्जन लिन थाल्नुभयो । साउथका बिषयवस्तुमा दर्शक भिज्न थालेका छन् ।’

सुरुवातमा साउथ नगरीलाई मानिसहरुले जोकको रुपमा वुझेको यशको गुनासो थियो । तर, विस्तारै मानिसहरु साउथका कथासँग भिज्न थालेको र मन पराउन थालेको उनले बताए । यो अवस्था एक रातमै नआएको उनको तर्क थियो ।

यशले, साउथका चलचित्रको बिषयवस्तु, कलाकारको अभिनय, निर्देशनलाई दर्शकले मन पराउन थालेको बताए । यसपछि, दर्शकलाई ‘बाहुबली, केजीएफ’, प्रभाष र यशसँग मिल्ने मौका मिलेको उनले बताए । यशले हिन्दी चलचित्रका मेकर पनि साउथ बजारमा प्रवेश गर्न थालेको बताए । यशले, चलचित्र रिलिज मात्र गर्नु भन्दा पनि कथावस्तु, प्रचार, ब्यानरमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

यश अभिनित चलचित्र ‘केजीएफ २’ अप्रिल १४ मा हिन्दी भाषामा समेत रिलिज हुँदैछ । हिन्दी भाषामा मात्र यो चलचित्र ४ हजार हलमा रिलिज हुँदैछ । जसले, रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *