सुनयको जिउने आधार बनिन् विना

२९ चैत २०७८ ४:२२

गायक सञ्जिव पराजुलीको स्वरमा रहेको गीत ‘जिउने आधार’ भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र एरेञ्ज छ । भिडियोमा सुनय पराजुली र विना राउत फिचर्ड छन् । सुनयको यो ‘डेब्यू’ म्युजिक भिडियो हो । भिडियोमा सुनय र विनाको प्रेमभावलाई देखाइएको छ ।

भिडियोमा दिनसन शाहको सम्पादन तथा कलर, फराज अर्पणको छायांकन तथा गणेश शाहीको निर्देशन छ । भिडियो गायक पराजुलीकै युट्युब च्यानल सञ्जीव पराजुलीबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *