‘मिस्टर नेपाल’मा हट सुष्मा

२९ चैत २०७८ ४:१९

वैशाखको ३ गते एक पाँच तारे होटलमा आयोजना हुन लागेको ‘मिस्टर नेपाल २०२२’का प्रतिस्पर्धीले आफ्नो प्रतिभा देखाएका छन् । विभिन्न चरणबाट छानिएका ३६ प्रतियोगी शिर्ष उपाधिका लागि भिड्दैछन् ।

आइतबार आयोजना भएको ‘ट्यालेन्ट राउन्ड’मा प्रतियोगीहरुले प्रतिभा देखाएका छन् । सो अवसरमा प्रतियोगीहरुले नृत्य, अभिनय, गायन, वक्तित्वकला, पेन्टिङ लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए । यो चरणको निर्णायकमा नायिकाद्धय सुष्मा कार्की, पूजना प्रधान, कोरियोग्राफर सुमन श्रेष्ठ लगायत थिए । ट्यालेन्ट राउण्डको विजेताले फाइनलमा मिष्टर ट्यालेन्टको उपाधि प्राप्त गर्नेछन् ।

एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागीता रहेको प्रतियोगीतामा देशभरबाट प्रतियोगीहरु सहभागी छन् । प्रतियोगीतामा काठमाडौबाट एलिस गिरी, स्वराज श्रेष्ठ, रोनिस खड्गी, प्रसन्न राई, श्रृजन पाठक, काभ्रेबाट आकाश भैला, बिशाल महत, योगेश लामा तामाङ, जीवन गिरी, कपालिक खनालले भाग लिएका छन् ।

त्यस्तै विकाश गमाल मकवानपुर, प्रविन बिक गोर्खा, आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, बिशाल कटुवाल, सविन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, खिमराज शर्मा, सुरज आले बाँके, रुपेश महतो ललितपुर, रुपेश दाहाल, मानस कुमार राई ओखलढुङ्गा, डा. नरोतम तिवारी, प्रेम चन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रुपन्देही, संजया पनेरु, डा.सुनिल खरेल चितवन, नविन श्रेष्ठ नुवाकोट, अभिषेक चुडाल झापा, कैलास रावल कैलाली, दीपेन्द्र कुमार शर्मा सर्लाही रहेका छन् ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’मा भाग लिने पाउनेछन् । यस्तै, विजेताले ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसडर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र चलचित्रमा अभिनयको अवसर पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *