सुहाएको पूजा–आकाशको जोडी

२९ चैत २०७८ ३:५०

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीले अभिनय गरेको चलचित्र ‘संझना विर्सना’ जेठको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि भन्दै आकाश र पूजा फेरि एक ठाउँमा आएका छन् । कुनै समय प्रेममा रहेको भनेर चर्चा भएको यो जोडी विगत एक बर्षदेखि अलग छ । यी दुईको सम्बन्ध एक बर्ष अगाडिको जस्तो सुमधुर छैन । तर, चलचित्रले फेरि उनीहरुलाई एकसाथ ल्याइदिएको हो ।

हाम्रो सिनेमा डटकमका लागि तस्वीर खिचाउँदै गर्दा आकाश र पूजा एक अर्कासँग खुले । उनीहरुले, आफूहरु एक अर्काका लागि लक्की भएको समेत बताए । पूजाले आकाशलाई आफूले चलचित्र क्षेत्रको पहिलो वा दोश्रो स्थानको नायकको रुपमा हेर्न चाहेको बताइन् । आकाशले पूजाको संघर्ष र सफलताको खुलेरै प्रशंसा गरे ।

तस्वीरः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *