मेलम्चीको सुरुङमा पानी पठाइयो, नयाँ बर्षपछि मात्र धारामा पानी

२९ चैत २०७८ ३:२७

आजदेखि मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी पठाउने काम सुरु भएको छ । सिन्धुपाल्चोकमा आएको बाढीका कारण मुख्य सुरुङलाई पहिरोले क्षतीग्रस्त बनाएपछि काठमाडौंका धारामा पानी आउन बन्द भएको थियो । आजदेखि पानी पठाउन सुरु गरिएतापनि काठमाडौंका धारामा भने नयाँ बर्षपछि मात्र पानी आउनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने निर्वाचन आचारसंहितका कारण मुख्य सुरुङमा पानी पठाउने कार्यको उद्घाटनमा सहभागी नहुने भएका छन् ।

आज पुनः उद्घाटन भएसँगै मेलम्चीको पानी सुरुङमा पठाउने कार्यको सातौ पटक उद्घाटन हुनेछ । सातौ पटक उद्घाटन गर्न लागिएपनि मेलम्चीको काम सकिएको छैन । निर्माणाधीन अवस्थामै पुरिएको पानी फिल्टर गर्ने संयन्त्र काम लाग्ने छ या छैन भन्ने चेक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *