च्याउले कुराकानी गर्न सक्ने वैज्ञानिकहरुको दाबी

२९ चैत २०७८ ३:१५

यूनिभर्सिटी अफ द बेष्ट अफ इंगल्यान्डका वैज्ञानिकहरुले च्याउले समेत एक अर्कासँग कुराकानी गर्न सक्ने नयाँ तथ्य फेला पारेको दाबी गरेका छन् । उनीहरुले च्याउसँग ५० वटा शब्दको शब्दकोष हुने दाबी समेत गरेका छन् ।

प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले विभिन्न ४ वटा च्याउका प्रजातीमा अनुसन्धान गरेर यो कुरा पत्ता लगाएको बताएका छन् । उनले, च्याउका ४ प्रजातीले गर्ने विद्युतिय क्रियाकलापबारे अध्ययन गरेको बताएका छन् । एनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलर फंगी प्रजातीका च्याउमा गरिएको अनुसन्धानबाट यी कुराहरु पत्ता लागेको हो ।

च्याउको विद्युतीय तरंग पनि मानिसको भाषाजस्तै हुने उनीहरुको दाबी छ । च्याउको शब्दकोषमा भएका ५० वटा शब्दहरुले उनीहरुले एक अर्कासँग कुराकानी गर्ने बताइएको छ ।

च्याउले एक अर्कासँग मौसमको अवस्था, खतरा आदिको बिषयमा कुराकानी गर्ने गरेको बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *