चैत्रमा रिलिज सबै नेपाली चलचित्र सुपर फ्लप

२८ चैत २०७८ ६:१०

फागुण महिना नेपाली चलचित्रका लागि सुखद रह्यो । फागुण १३ गतेबाट रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रको पहिलो साताको व्यापार उच्च थियो भने दोश्रो साता पनि सन्तोषजनक व्यापार देखियो । यसैले, फागुण महिना राम्रो रहेको विश्लेषण गर्न सकिन्छ ।

तर, चैत्र महिना नेपाली चलचित्रका लागि दयनिय नै देखियो । चैत्र महिनामा रिलिज भएका ३ नेपाली चलचित्रले हलमा पानी पनि भन्न पाएनन् । चैत्रको ४ गते रिलिज भएको दिन्स पाल्पाली निर्देशित चलचित्र ‘चिसो एष्ट्रे’, एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’ले पोष्टरको पैसा पनि उठाउन सकेनन् । अझ, ‘हेल्लो जिन्दगी’ त एक दिन पनि हलमा राम्रोसँग टिक्न सकेन ।

यस्तै, रिलिजको २ दिन अगाडि ट्रेलर रिलिज गरेर हलमा भित्राइएको चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’को व्यापार दयनिय नै देखियो । चलचित्र हलमा आएको र गएको दर्शकले पत्तो पाएनन् ।

यी तिनै चलचित्र बक्स अफिसमा चिप्लदा निर्माताको लाखौं रकम बालुवामा पानी भएको छ । तर, यही महिना रिलिज भएको साउथको हिन्दी डब चलचित्र ‘आरआरआर’ले भने नेपालमा दोहोरो अंक(करोड)को व्यापार गर्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *