नेपाली बक्स अफिसमा ‘आरआरआर’को रेकर्डतोड कमाई

२८ चैत २०७८ ५:५१

हुनत, विदेशी चलचित्रलाई नेपाल भित्राएर राम्रै मुनाफा कमाइरहेका वितरकहरु व्यापारको आँकडा सार्वजनिक गर्न रुचाउँदैनन् । यसको मुख्यकारण, कर हो । विदेशी चलचित्रले महंगो कर तिर्नुपर्ने भएकाले पनि वितरकहरु खुलेरै व्यापारको बिषयमा बोल्न चाहदैनन् ।

तर, चैत्रको ११ गतेबाट रिलिज भएको साउथको हिन्दी डब चलचित्र ‘आरआरआर’ले नेपाली बक्स अफिसमा बम्पर कमाई गरेको छ । कोरोना महामारी यताकै उच्च व्यापार गरेको चलचित्रले बक्स अफिसमा १० करोड माथिको ग्रस कलेक्शन गरेको बताइन्छ । चौथो सातासम्म पनि व्यापारमा उछाल कायम गरिरहेको यो चलचित्रले रिलिजको २ साता आक्रामक व्यापार गरेको थियो । देशभरका मल्टिप्लेक्समा उच्च शो पाएको चलचित्रलाई हेर्न दर्शकको ठूलो भीड बिहान ७ बजेदेखि बेलुका १ बजेसम्म हलमा देखिएको थियो ।

‘पुष्पा’ चलचित्रबाट उच्च मुनाफा कमाएका वितरक मनोज राठी र उनको टिमले ‘आरआरआर’बाट पनि उच्च मुनाफा कमाउने पक्का जस्तै छ । एसएस राजामौलीको निर्देशनमा तयार भएको चलचित्रमा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *